Wednesday, May 13, 2009

photo


photo of my class







तिमी मेरो प्यारो भन्दा पनि प्यारो जसको कुनै उपमा छैन,एक्काइशौ शताब्दिको विज्ञानले पनि यति अंक बनाउन सकेको छैन ,जसले मेरो माया व्यक्त गर्न सकियोस ,संसारका कुनै पनि शब्दकोशशब्दसागर वा शब्द भण्डारमा पनि यति शब्दहरु छैनन ,जुन शब्दहरुबाट म पुरै मेरो माया लेख्न सकुँ,अहिलेको चमत्कारी विज्ञानले पनि कुनै यस्तो यन्त्र बनाउन सकेन जसले मेरो माया देख्न सकोस भने पौराणिक दिव्य दृष्टी हामीले झन कहाँबाट पाउनेसंसारमा यस्तो कुनै भोजन बन्न सकेन जुन मेरो माया भन्दा मिठो होस अझ जीवजन्तु त यति अजम्बरी हुने कुरै भएनमाया कहाँबाट कसरी र किन हुन्छ यसको कुनै दर्शन बन्न सकेन म त झन सामान्य मान्छे कसरी वर्णन गरु आज सम्म कुनै शाषक,प्रशासक वा तानाशाहले पनि यस्तो कानुन बनाउन सकेनन जसले मेरो मायालाई नियन्त्रण गर्न सकोसकुनै धर्मशास्त्र वा वादमा पनि यति धेरै वर्णन भएको छैन, जति माया मैले गर्छु ब्रम्हाण्डमा कहि पनि यत्रो ठुलो भण्डारण छैन जहाँ मेरो माया अटाउन सकोसकागजमा कलमको साहयताले लेख्न त झन सम्भव नै हुन्न तर पनि ! प्रीय दुःख नमान जहाँजसरी र जति साधन श्रोत उपलब्ध र सम्भव छ उति मै माया पठाउन बाध्य छु ,मलाई विश्वास छ तिमी मेरो माया प्रति गर्व गर्नेछौकागजको निर्जीव पानामा अइ लभ यु लेखेर मेरो मायाको महत्व घटाउन पनि मन लागेन ।

प्रीय,समयको प्रवाहसँगै नयाँ युगमा नयाँ विचार सँग रुमल्लिरहेका हामी नयाँ प्राणीनयाँ प्राणी यस अर्थमा की न हिजोका जस्ता हामी छौ न भोलि नै हामी जस्ता अरु जन्मिनेछनहरेक दिन हाम्रो लागि नयाँ दिनहामी जे गर्छाै त्यो पनि नयाँ जे गर्दैनौ त्यो पनि नयाँहामीले गर्ने माया पनि नयाँ जुन कोही कसैसँग मेल खाँदैन तर वास्तवमा हामीसँग केही पनि नयाँ भन्ने कुरै रहँदैन किनकी हामीले गरी सक्ने वित्तिकै त्यो पुरानो भैहाल्छ म अहिले तिमीलाई नयाँ पत्र लेख्दैछु लेखी सकेपछि यो पनि पुरानो हुनेछ ।यही नयाँ र पुरानोको दोसाँधमा मैले तिमीलाई दिने माया सँधै नयै नयाँ ।

प्रीय,जति नै कुरा गरे पनि माया अखिर माया नै हो जुन माया मैले गर्छु त्यो माया अरुले गर्न सक्दैन जस्तो माया अरुले गर्छन त्यस्तो माया म पनि गर्दिनमाया यति पवित्र र स्वच्छ हुन्छ की यसको तुलना गर्न सक्ने दोश्रो चिजै संसारमा छैनमाया एउटै भए पनि हेराई अनुसार फरक देख्ने यस्को गुण हो अर्काे अर्थमा भन्नु पर्दा माया स्फटिक जस्तो हुन्छ मैले गर्ने माया लाई तिमी जुन रुपमा हेर्न चाहन्छौ त्यो त्यस्तै स्वारुपको भईदिन्छ ।प्रीय अर्काे बुझ्नै पर्ने कुरा के हो भने यो नचाहेर पाइन्छ न नचाहँदै नै छाड्न सकिन्छ न त कुनै कसम या वाचाको दायरामा अटाउन सकिएला अर्काे अर्थमा भन्नु पर्दा हामीलाई हामी बनाउने पनि माया नै हो । यहि मायाको पनि भित्रबाट तिमीले गर्ने माया र तिमीलाई पनि मायाकै साधुवाद !

No comments:

Post a Comment